दफा ३१
सम्पत्ति वा साधनको उपयुक्त व्यवस्थापन गर्न सक्ने
(१) कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनबाट आयस्ता प्राप्त हुने वा हुन सक्ने देखिएमा विभागले त्यस्तो सम्पत्ति वा साधनको उपयुक्त रुपमा व्यवस्थापन गर्न वा गराउन सक्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि विभागले त्यस्तो सम्पत्ति वा साधन तोकिए बमोजिम भाडामा लगाउन, लिजमा दिन वा खेती गराउन वा आयस्ता आउने काममा लगाउन सक्नेछ ।
(३) रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।